नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७७ वाट मल्ल सम्मानित

9868586910
9868586910
July 04, 9:38

डोटी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वरिष्ठ सञ्चार तथा नाट्यकर्मी  धन बहादुर मल्ललाई  नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७७ समर्पण  गरेको छ। आइतबार सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धनगढीमा एक समारोहबिच पुरस्कार समर्पण गरेका हुन्।  नाट्य विधामा पाँच दशक भन्दा लामो समय अविच्छिन्न रूपमा नेपालको नाट्य क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै वरिष्ठ नाट्यकर्मी मल्ल सम्मानित भएका हुन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ'रायन'द्वारा हस्ताक्षर समर्पण गरेको सम्मानमा यस्तो भनिएको छ ,' यहाँले नाट्य विद्यामा पाँच दशक भन्दा लामो समय बेतित गरेर यहाँबाट नाट्य क्षेत्रले धेरै ज्ञान सिपका कुराहरू प्राप्त गरेको छ। 

निरन्तर साधना र क्रियाशीलताले यश क्षेत्र प्रेरणादायी बनेको छ। सुदूरमा बसेर भावी पुस्ता निर्माण गर्न ठुलो योगदान छ। नाट्य निर्देशन अभिनय तथा लेखनका साथै नाट्य शिल्पका माध्यमबाट यहाँले रङ्गकर्मीको ठुलो जमातलाई मार्गदर्शन गरी लाभान्वित तुल्याउनु भएको छ।'  पुरस्कारसहित जनही १ लाख १ रुपैयाँ र ताम्र पत्रद्वारा सम्मान गरिएको हो।  कार्यक्रममा बोल्दै प्रतिष्ठानका सदस्य  निशा पोख्रेलले भनिन् ,'  नेपाल सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, संम्बर्धन तथा उन्नयनमा आफ्ना जीवनको लामो समय योगदान दिएका व्यक्तित्वहरूलाई  नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार अर्पण गर्न पाउँदा समस्त नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिवार हर्षित छौँ ।     उनले थपिन,'मल्लले देशको नाट्य निर्देशन अभिनय तथा लेखनका साथै नाट्य शिल्पका माध्यमबाट रङ्गकर्मीको ठुलो जमातलाई मार्गदर्शन गरी लाभान्वित गरेको छ ।  नेपाली सङ्गीत तथा नाट्य क्षेत्रमा उल्लेखनीय योगदानको कदर स्वरूप मल्ललाई सम्मान गरिएको हो ।'कोभिड -१९ को विषम परिस्थितिका  कारण काठमाण्डाैमा हुने समर्पण  कार्यक्रम सम्बन्धी प्रदेशमा गरिएको प्रतिष्ठान जनाएको छ। नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारहरू विभिन्न ६ विधामा प्रदान गर्दै आइरहेको छ।

मल्लको संक्षिप्त परिचय 

sasas

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा