डोटीमा अज्ञात व्यक्तिद्वारा डोजरमा आगजनी
July 08, 11:28
डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएकाे छ ।
मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रवीन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरीक्षक मोहन साउद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ ।
डोजर कसले र किन जलाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 16, 3:28
December 19, 12:26
December 20, 3:41
December 22, 10:46
December 23, 1:45
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा