गगन बचाउ अभियानबाट उठेको लाख बढी रकम परिवारलाई हस्तान्तरण

news doti
news doti
July 12, 10:24

डोटी । डोटीको शिखर नगर पालिका १० का गगन साउद बचाउन थालिएको आर्थिक अभियानबाट उठेको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । साउदको यही असार २१ गते मृत्यु भएपछि उनको परिवारलाई रकम हस्तान्तरण गरिएको हो । 

साउदको उपचार गर्न लागि विभिन्न व्यक्तिहरुबाट उठाएको १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग उनकी श्रीमती कमलीदेवी साउदलाई घरमा गएर हस्तान्तरण गरिएको पहलकर्ता योगेन्द्र रावतले बताए । 

उनले भने, ‘विगत एक वर्षदेखि दायाँ खुट्टा नचल्ने अवस्था थियो । सुगर र डाइबिटिज रोगले समेत उनलाई निक्कै च्यापेको थियो । आर्थिक समस्याले मृत्युको मुखमा रहेको भन्ने खबर पाउने बित्तिकै हामीले उनलाई बचाउन अभियान थाल्यौं । तर बचाउन सकेनौं ।’ उनको मृत्यु पश्चात परिवारका सदस्यसमेत निक्कै समस्यामा भएकोले किरिया खर्च र घरखर्च बापत रकम हस्तान्तरण गरिएको रावतले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा