बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

news
news
July 13, 11:20

धनगढी : बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका– ७ की ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्धलाई पक्राउ गरिएको हो।

बालिकालाई बलत्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका– ७ का ६१ वर्षीया जगदिश जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। प्रहरीका अनुसार असार १८ गते घरमा कोही नभएको मौका छोपेर बालिकालाई मिठाई दिन्छु भन्दै फकाएर आफ्नै कोठामा लगेर बलत्कार गरेको बुझिएको छ। 

बालिकालाई जबर्जस्तीकरणी गरेको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि असार २७ गते आइतबार जोशीलाई प्रहरीले पक्राऊ गरेको हो। 

आइतबार पक्राउ परेका जोशीमाथी जबर्जस्तीकरणीको मुद्धा दर्ता गरी घटनाको बारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा