डोटी कांग्रेसको सभापतिमा यि नेताहरुको हुँदैछ चर्चा !
डोटी
दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान सभापति प्रदीप कुमार देउवा अझैँ एक कार्यकाल सभापतिको उम्मेदवार हुन् पाउछन् । उनले आकांक्षा देखाईरहेको स्रोत बताउछ । मौजुदा सभापति नै भएकाले उनि बलियो दाबेदार पनि हुन ।
त्यस्तै १२ औँ महाधिवेशनमा देउवासंग पराजित भएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि चर्चामा छ । उनले आफुलाई स्वभाविक उम्मेदवार रहेको बताउदै आएका पनि छन् ।
यस्तै महासमिति सदस्यद्वय नरेन्द्र बहादुर सिँह र भूमिराज बडुले पनि सभापति पदमा दाबेदारी प्रस्तूत गर्दै आएका छन् । लामो राजनीतिक पृष्ठभूमि रहेका दुबैजना खुलेर आफ्नो पक्षमा माहोल बनाउन लागिरहेका छन् ।
यस्तै डोटी कांग्रेसमा लामो समयदेखी सक्रिय नेता लक्ष्मीराज पाठकको पनि कार्यकर्ता पङ्तीमा चर्चा छ । यद्यपी उनले आफैले भने आकांक्षा दर्शाएका छैनन् । विद्यार्थी राजनीतिदेखी नै निष्ठा र त्यागको राजनीति गर्दै आएका पाठकलाई एकपटक पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्ता पङ्तीमा छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिको तीब्र आकांक्षा देखाईरहेका छन् । उनले त्यसका लागि कसरत पनि बढाउदै लगेका छन् ।
यस्तै महासमिति सदस्यद्वय डिलबहादुर बम र लोकेन्द्र बहादुर शाहीको पनि सभापति पदमा आकांक्षा रहेको चर्चा छ । तर, उनिहरु सार्वजनिक रुपमा बोलेका छैनन् । महाधिबेशन प्रतिनिधि कृष्णबहादुर चन्दले आकांक्षा देखाईरहेको उनीनिकट स्रोत बताउछ ।
आकांक्षा सार्वजनिक गर्नेहरुमा पूर्व उपसभापति दीपक विष्ट पनि छन् । पार्टीको जिल्ला समितिमा सह–सचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकोले एकपटक सभापतिको जिम्मेवारी लिन चाहना रहेको उनि सार्वजनिक रुपमा बोल्दै आएका छन् ।
यस्तै आकांक्षा सार्वजनिक गर्नेहरुमा उपसभापति लक्ष्मण सिँह, जिल्ला कार्यसमिति सदस्य जीत बहादुर खड्काको पनि नाम छ । सिँहले आफु उपसभापति भईसकेकाले सभापतिको स्वभाविक उम्मेदवार रहेको बताउदै आएका छन् भने, खड्काले आफु जिल्लामा सधै उपलब्ध हुनसक्ने र कार्यकर्तासंग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ती रहेकाले उम्मेदवारी रहने बताउने गरेका छन् ।
प्रदेश सभामा समानुपातिक तर्फका उम्मेदवार रहेका पदमराज जोशीको नाम पनि कार्यकर्ताबृत्तमा चर्चामा छ । तर, उनले सार्वजनिक रुपमा आकांक्षा भने राखेका छैनन् ।