डोटीमा बिद्यालय स्तरोन्नति अन्तरक्रिया कार्यक्रममा झन्डै एक लाख रकम संकलन
July 18, 10:47
डोटी, । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका २ मा बिद्यालयको स्तरोन्नति लागि अभिभावकसँग अन्तरक्रिया कार्यक्रममा ९७ हजार ४ सय ४५ रुपैंया संकलन भएको छ । डोटीको सिलगढी नगरपालिका वडा नम्मर २ मा रहेको देवी माध्यमिक बिद्यालयको स्तरोन्नति हुने भएपछि स्थानियमा खुसीयाली छाएको छ । घर नजिकैको बिधालयमा उच्च माध्यामीक तह सम्मको अध्ययन गर्न पाइने भएपछी उनीहरुमा खुसीयाली छाएको हो ।
साविकको खातिवडामा रहेको देवी माध्यमिक बिधालयलाई उच्च माध्यमिक तहसम्मको ( १२ कक्षा सम्मको ) कक्षा सञ्चालनमा ल्याउने भएपछि आर्थिक रकम संकलन भयको हो । कार्यक्रम शुक्रबार देवि माध्यमिक विद्यालयको हलमा सञ्चालन भएको थियो । २०१७ सालमा स्थापना भएको सो बिधालय हालसम्म अाउदा पनि उच्च माध्यमिक तह नहुदाँ ६÷७ गाउँका बिधार्थीलाई अन्य ठाँउका बिधालयमा जानुपर्ने अवस्था रहिआएको छ । व्यबस्थापनको निम्ति समिति जिम्मेवार हुनुपर्ने बिद्यालय व्यवस्थापन समितिका सदस्य डिल कठायतले बताए । अभिभावक र शिक्षकले बिधालयप्रति उचित चासो नदिदा बिधालय सोचेजस्तो नभएको पुर्व बिधालय व्यवस्थापन समीतिका अध्यक्ष इन्द्र बहादुर कठायतले बताएका छन ।
आगामी दिनमा बिधालय जस्तो पवित्र स्थानमा राजनीतिक कार्य गर्दा बिधालयमा खिचलो हुने पुर्व प्रधानाध्यापक देव बहादुर कठायतले बताए । उहाँले बिधालयमा छात्रावासको व्यवस्था गर्नुपर्ने समेत बताएका छन् । कार्यक्रममा उपस्थित सम्पुर्ण अभिभावकले बिधालयमा जेजति अहिलेसम्म प्रगति नहुन सकेका कुरालाई सुधार गर्नुपर्ने अभिभावक,व्यवस्थापन,शिक्षकले जिम्मेवार भएर लागेपछि मात्रै उच्च माविको लागि आर्थिक संकलन गर्न आफूहरू अगाडि लाग्ने बताएका छन् । धेरै गाउँका बिधार्थीहरूलाई नजिकैको बिधालयमा उच्च मावि नहुदा धेरैले १० कक्षा पढेर बिधालय छोड्नुपर्ने बाध्यता भएको थियोे भने आगामी दिनमा आफ्नै स्कुलमा उच्च मावि खोल्ने भयपछी पायक पर्ने सम्पुर्ण गाउँबासिहरु खुसी भएका छन । व्यवस्थापन समिति बाट अहिलेसम्म भएका कमि कमजोरीलाई आत्मसात् गर्दै नयाँ ढङ्गबाट जान तयार रहेको विधालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बोगटीले बताए ।
उनले भने स्कुलमा पायक पर्ने बिधार्थीको उज्ज्वल भविष्यलाई नियालेर ११ ÷१२ कक्षाको लागि तयारी गरिरहेको बोगटीले जानकारी गराए । पहिले देखिनै उच्च माविको लागि सोच गरेता पनि सफल नभएको र अहिले आफूले वडा अध्यक्ष भएपछि यो कार्यलाई अगाडि बढाउन व्यवस्थापन समिति, प्रधानाध्यापक अभिभावक सबैसँग सहकार्य गर्दा साथ,सहयोगको अपेक्षा मिलेपछि अगाडि बढेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
वडा कार्यालय बाट १० लाख उच्च माविको लागि छुट्टयाइएको खड्काले बताउनुभयो । उहाँले उच्च माविको लागि गाउँ बासि सबैले एकजुट भएर लाग्दा तुरुन्तै ११÷१२ कक्षा सञ्चालनमा ल्याउने समेत जानकारी गराए । प्रधानाध्यापक बाट आफूले गर्नुपर्ने कार्यमा निरन्तरता दिदादिदै पनि अझै धेरै समस्या आइपरेका र ती समस्याहरूलाई मनन गर्दै प्रअको जिम्मेवारीलाई अझै प्रवल बनाउन अगाडि लाग्ने देवी माविका प्रअ केशवराज खनालले बताए ।
अभिभावक सँगको अन्तरक्रिया कार्यक्रम बाट आर्थिक सहयोग दिपायल सिलगढी नगरपालिका २ का व्यापारी शेर बहादुर बोगटीले नगद तीस हजार एक सय ५ रूपैयाँ खुल्लेखका व्यापारी कैलाश बोगटीले नगद बीस हजार एक सय ५ रूपैयाँ व्यापारी खगेन्द्र बोगटीले पन्ध्र हजार १०० रूपैयाँ वडा अध्यक्ष राजेन्द्र खडकाले चौबीस हजार सात सय ३५ रूपैयाँको चेक त्यसैगरी व्यापारी खगेन्द्र बहादुर बोगटीले पन्ध्र हजार १००को चेक पनेबाटा पेल्सेनीका बिक्रम कठायतले सात हजार ४ सयको चेक गरि जम्मा ९७ हजार ४ सय ४५ रूपैयाँ जम्मा भएको खनालले जानकारी दिए ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा