युवा संघले एमालेका सांसदलाई बिरोध गर्ने

sdas
sdas
July 19, 3:28

धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदलाई गद्दार घोषणा गर्दै उनीहरुको  निर्वाचन क्षेत्रमा भोलि मंगलबार बिरोध कार्यक्रम गर्ने भएको छ। दिउँसो २ बजे हुने बिरोध कार्यक्रममा संघले वर्तमान प्रतिनिधिसभाको कार्यकालभरि निर्वाचित सांसदलाई निषेधको कार्यक्रम समेत घोषणा गर्ने जनाएको छ।

तर देउवा सरकारलाई विश्वासको मत दिएका समानुपातिक सांसदको हकमा भने कुन निर्वाचन क्षेत्रमा रोक लगाउने उनीहरुले खुलाएका छैनन्। संघले एमालेका लाखौं कार्यकर्ताको ऊर्जा र उत्साहमा पानी खन्याउँदै, उनीहरुको भावनामा गम्भीर आघात पुर्याउने गद्दार सांसदहरुलाई सशक्त बहिष्कार गर्न आह्वान गरेको छ।

सूर्य चिन्हबाट जितेर रुखमा भोट हाल्ने हरेक गद्दार सांसदहरुलाई उनीहरुकै निर्वाचन क्षेत्रमा निषेध गरौं,’ संघले आह्वान गरेको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा