डोटीमा १४ घण्टा देखि विद्युत सेवा अवरुद्ध

July 19, 3:44

डोटी : जिल्ला सदरमुकाम सिलगढी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध हुदा यहाँका उपभोक्ता मारमा परेका छन् । आईतबार राति साढे १२ बजेदेखी अवरुद्ध भएको विद्युत सेवा १४ घण्टा बितिसक्दा पनि सुचारु हुन सकेको छैन् । दिपाय सिलगढी नगरपालिका–५ बागठाटा देखि सिलगढीको शैलेश्वरी मन्दिरको विचमा पर्ने लाईनमा फन्ट देखाईरहेको नेपाल विद्युत प्राधिकरण दिपायल सव स्टेशन कार्यालयले जनाएको छ ।

विद्युत अवरुद्ध भए देखि अहिलेसम्म ३ पटक त्यो लाईनमा जाँच गरिसकेको भएपनि समस्या पत्ता लगाउन नसकिएको नेपाल विद्युत प्राधिकरण दिपायल सव स्टेशन कार्यालयल प्रमुख कपिल जोशीले बताउनुभयो । अवरुद्ध विद्युत सेवा मर्मतका लागि प्राविधिक टोलीले काम गरिरहेको उहाँले बताउनुभयो ।

विद्युत सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरुको कामकाज प्रभावित हुनुका साथै उद्योगधन्दा, दैनिका कामकाजका, घरायसी काम लगायत सञ्चार माद्यमहरुमा समेत बाधा पुगेको छ । विद्युत सेवा अवरुद्ध हुने समस्या धेरै पहिला देखिको भएको र यसको समाधानका लागि सम्बन्धित निकाय संवेदनशिल नबनेको भन्दै स्थानिय समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै विरोध गरिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा