कैलालीमा मोटरसाइकलको ठक्करबाट गाई मर्‍यो, ३ जना घाइते

sasas
sasas
July 28, 8:58

धनगढीमाः कैलालीमा मोटरसाईकलको ठक्करबाट गाई मरेको छ। 

गोदावरी नगरपालिका वडा नम्बर २ गेटास्थित मोहनापुल अत्तरिया ६ लेन सडकमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट गाइ घटनास्थलमै मरेको   प्रहरीले जनाएको छ। 

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ प ८९९५ नम्रको मोटरसाईकल गाइसँग ठोक्किँदा मोटरसाइकल चालकसहित ३ जना घइते भएका छन्।गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रोशन कठायत, ३८ वर्षीय खेम भट्ट र ४५ वर्षीय लोकराज भट्ट घइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

मोटरसाइकल भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। 
 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा