डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन, अध्यक्षमा शेर साउँद
डोटी साउन २४
डेउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । आईतबार दिपायलको सत्कार होटलमा बसेको भेलाले लोक डेउडा गायक शेर बहादुर साउँदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो ।
यस्तै भेलाले उपाध्यक्षमा देबी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा मानमती शाही, कृष्णबहादुर सुनार, केशबराज फुलारा र दलबहादुर भण्डारीलाई चयन गरेको छ ।
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रकोे प्रसिद्ध लोकसंस्कृतीका रुपमा रहेको डेउडा गीतको संरक्षण, सम्बद्र्धनका लागि यसअघि धनगढीमा केन्द्रीय कार्यालय रहनेगरी बरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मीको अध्यक्षतामा केन्द्रीय समिति रहनेगरी यो प्रतिष्ठान स्थापना गरिएको छ । सोही प्रतिष्ठानका जिल्ला शाखा पनि रहनेगरी व्यवस्था गरिएको छ । सोही अनुसार डोटीमा पनि प्रतिष्ठान विस्तार गरिएको हो ।
दिपायलमा भएको भेलाका प्रमुख अथिति साहित्यकार, लेखक तथा अध्येता हेमन्त विवशले सुदूरपश्चिम प्राचीन समयदेखी नै लोककलाले धनी रहेका बताए । ‘हामीसंग कस्तुरीको जस्तै कथा छ,’ उनले भने,‘हामीले हामीभित्रको सम्पत्ती देखेका छैनौ । अरुकै सिको गर्न तम्सीरहेका छौ ।’ देउडाभित्रको साहित्य र त्यसको मौलिकता बुझेर त्यसको प्रवद्र्धनमा ध्यान दिए विश्वजगतको ध्यान तान्न सकिने बताए ।
प्रतिष्ठानमा चयन भएका अध्यक्ष साउँदले प्रतिष्ठानले डेउडाको मौलिकता रक्षा गर्ने, डेउडा गीतसंगीतको क्षेत्रमा लागेका श्रष्टाहरुको हकहितमा जुट्ने लगायतका कामहरु प्रतिष्ठानबाट गरिने बताए ।