डोटीबाट बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि डोल प्रस्थान
डोटी
जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि शैलेस्वरीबाट डोल गएको छ । जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि सिलगढीमा रहेको रुद्रध्वज गण प्रहरी, शसस्त्र प्रहरीको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो । राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार डोल पठाइएको प्रशासन कार्यालय डोटीका नायब सुब्बा तेज बहादुर खड्काले जानकारी दिनुभयो।
सिखर नगरपालिकाबाट डिल बहादुर रावल, पुर्बी चाौकी गाउँपालीका बाट चक्र बहादुर बोगटी प्रेम बहादुर खडका गरि तिन जनालाइ डोटी बाट पुजाको सामान सहित पठाएको हो । उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिमा जनैपूर्णिमाको समय भक्तजनको निकै घुइँचो लाग्ने गर्दछ । सोहि पुजा भर्नकालागि डोटीको धार्मिक धरोहर बोकेको शैलेश्वर मन्दिर बाट गरगहना पुजा का सामाग्री सहित पठाएको शैलेस्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो । भक्तजनले मागेका तथा चिताएको वर मिल्ने भएका कारण पनि बडिमालिका मेलामा बर्सेनि भक्तजनको भीड लाग्छ ।