वर्षौँपछि बिजुली पुग्दा डोटीमा खुशीयाली

news
news
August 10, 12:27

डोटी, विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ। वर्षौपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा  अहिले त्यहाँका बासिन्दा खुशी छन्।

वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने,“सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्ती थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौँ, अहिले  सबै खुशी छन्।”

दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा हिजोसम्म बिजुली बत्ती नभएका कारण स्कूले केटाकेटीलाई पढ्न निकै गाह्रो हुँदै आएकामा अब सो समस्या समाधान भएको  गणेशकाडा निवासी तेजबहादुर मगरले बताए। दुबै स्थानमा शनिबार एकैसाथ बिजुली बत्ती बालिएको विद्युत् विस्तारको जिम्मा पाएका निर्माण व्यवसायी तेजबहादुर बोहराले बताए। उनले भने,“ अब सबै वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ।”

जिल्लाका नौवटै स्थानीय तहका प्रतेक वडामा विद्युत् विस्तार गर्ने रणनीतिअनुसार काम अगाडि बढिरहेको दिपायलस्थित विद्युत् कार्यालयका प्रमुख कौशलदेव जोशीले जानकारी दिए। “कम्तीमा पनि हामी २५÷३० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौँ”, अर्का स्थानीयवासी केशव बमले भने, “हाम्रा गाउँठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको  दुःख अन्त भए।”

बिजुलीको अभावमा  टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको तथा मोबाइल चार्ज गर्न पनि गाउँपालिकाको सदरमुकाम वाइल जानुपर्ने बाध्यता अब हटेकोे अर्का स्थानीयवासी शेरबहादुर ऐरले बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा