बाल संरक्षण समितिका लागि प्रशिक्षण प्रशिक्षक सम्बन्धि दुइ दिने तालिम सुरु

news dhn
news dhn
August 12, 7:45

डोटी/वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा समान पहुँच विकास केन्द्र ९सिड नेपाल० डोटीको आयोजनामा डोटीमा बाल संरक्षण समितिका लागि प्रशिक्षण प्रशिक्षक सम्बन्धि दुइ दिने तालिम सुरु भएको छ । जिल्लाका आदर्श गाँउपालीका र पुर्वी चौकी गाउँपालिकाका बाल संरक्षण समितिका पदाधिकारीका लागि दुई दिने तालिम आज दिपायल पिपल्लामा सुरु भएको हो । समाजमा रहेका अति बिपन्न, संकटासन्न, गरिविकोरेखामुनि रहेका बालबालिकालाई सहयो गर्न गठित समितिलाई काम गर्न सहज होस् भन्ने हेतुले उक्त तालिमको आयोजना गरेको संस्थाले जनाएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालले डोटी जिल्लाको भौतिक विकास देखि निति निर्माण तहसम्म सहयोग गर्दै आएको बताउदै आगामी दिनमा बालबालिकाको क्षेत्रमा स्थानीय तहसंग समन्वय गरेर काम गर्ने स्पोन्सरसिप फिल्ड संयोजक गांगी बलायरले बताउनुभयो । त्यस्तै आगामि दिनमा दुबै स्थानीय तहका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, आर्थिक लगायत अधिकारका लागि सहयोग गर्ने स्पोन्सरसिप फिल्ड स्पेलिष्ट नारद मलासीले बताए ।

आदर्श गाँउपालीकाका उपाध्यक्ष कमला ओझा, दुबै स्थानीय तहका स्वास्थ्य, शिक्षा, लगायतका बिषयगत साखाका प्रमुख, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा