डोटीमा गोरु चराउने क्रममा करेन्ट लागेर १० वर्षीय बालक गम्भीर घाइते : उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

Help Injured
Help Injured
August 15, 4:50

डोटी, साउन ३१ – 

डोटीमा करेन्ट लागेर एक १० वर्षीय बालक गम्भीर घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–३ अतुराली निवासी तेज बहादुर बोगटीका १० वर्षीय छोरा राजेन्द्र बोगटी करेन्ट लागेर गम्भीर घाइते भएका हुन् । हिजो बिहान गोरु चराउने क्रममा आडम्बरी मन्दिर नजिकैको विधुत पोलबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई डोटीमा उपचार हुन नसके पछि थप उपचारका लागि काठमाडौँ को कीर्तिपुर अस्पताल रिफर गरिएको छ । 

घाइते बोगटीको उपचारमा आर्थिक कठिनाइ भइरहेकाले परिवारले सहयोगको अपिल गरेका छन् । ‘अत्यन्तै शक्त घाइते भई उपचारका लागि काठमाडौँ रिफर गरिएका उनको उपचारमा आर्थिक अभाव खड्कीएको छ ।’ स्थानीय तेजु जोराले भने, ‘ निजको परिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेकोले उपचारमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु ।’ 

उनको उपचारार्थ सहयोगका लागि निम्न ठेगानामा रकम उपलब्ध गराउन सकिने जोराले जानकारी दिए । 

निम्न 

घाइते बालकको बुबा चन्द्र बहादुर बोगटी

राष्ट्रिय बाणिज्य बैंक दिपायल शाखा, डोटी

खाता नं. 4300100102788010

सम्पर्क नं. 9865796222 / 9811611586

थप सम्पर्क:

शेर ब.मल्ल 9858440411

यादव बोगटी 9865703050

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा