दार्चुलामा अवैध मुद्रासहित एक जना पक्राउ

news
news
October 18, 12:39

धनगढी,१ कार्तिक । दार्चुलामा अवैध मुद्रासहित एक जना पक्राउ परेका छन्। जिल्लाको दुहु गाउँपालिका–१ का तेजबहादुर बमलाई अवैध मुद्रासहित पक्राउ गरिएको हो।

गत असोज २९ गते राति महाकाली नगरपालिका–४ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। शंका लागेर चेकजाँच गर्दा बमको साथमा नेपालमा प्रतिबन्ध लगाइएको विदेशी मुद्रा भेटिएको थियो। उनले स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

बमलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बाँकेमा पठाइएको दार्चुला प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा