मन्त्रीद्वारा महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको स्थलगत निरीक्षण
कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन्। सो अवसरमा उनीहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिएका छन्। महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताए। बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिदैं उनले भने, “थप के सहयोग चाहिन्छ, त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ।”
मन्त्री खड्काले बेमौसममा आएको वर्षाले भौतिक संरचनामा क्षति पु¥याउनुका साथै डुवानसँगै किसानको धानबालीमा व्यापक क्षति गरेको उल्लेख गर्दै प्रदेशका तर्फबाट किसानलाई हरसम्भव सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे।