"मूर्तिका मानव"
तड्पिदैँ भड्किदैँ चौरमा गड्किदैँ ।
दम्भ नै देखिए रोषमा कड्किदैँ ।।
एक अर्को तिरै जङ्गिए झम्टिदैँ ।
हान्न थाले अझै लौन हो बम्किदैँ।।
हात खुट्टा उठे फन्फनी गर्जिए ।
युद्धको दृश्यले झुण्ड नै तर्सिए ।।
हेर्नमा मख्ख छन् लाम मैदानमा ।
आसुरी बन्दछन् कुन्नि के काममा रु
तान्न थाले खुबै बेग धक्का दिँदै ।
हान्न थाले अझै प्वाक्क मुक्का दिँदै ।।
ताल मिल्ने गरी एउटा तान्दछ ।
झट्ट पालो गरी एउटा हान्दछ ।।
चट्ट मुड्की दिँदै कानमा ठोकियो ।
दुश्मनी पोखियो ओठ नै टोकियो ।।
जोरले उफ्रदैँ लातले हानियो ।
बेसरी खेदियो कोट नै तानियो ।।
बन्द आँखा बने चेतना फालियो ।
बुद्धिमा साँघुरो जुक्ति पो टालियो ।।
के भनौँ खै कहाँ उम्रिए दानव।
मूर्खझैँ जोखिए मूर्तिका मानव ।।
लेखक : डिल बहादुर महरा (अविचले )
डोटी