बैतडीका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइने

news
news
December 18, 11:57

धनगढी, ३ मंसिर / बैतडीमा पौष ६ गतेदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई पौष ६ गतेदेखि कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने भएको हो। 

जिल्लाका ३२७ विद्यालयहरुमध्ये २७९ ओटा विद्यालयमा खोपकेन्द्र तोकिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले बताए। जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरु ३८ हजार ८१२ रहेका र खोप ३१ हजार ६४० डोज मात्रै प्राप्त भएको उनले बताए। अपुग खोप व्यवस्थापन का विषयमा आइतबार खोप समन्वय समितिको बैठक बसेर छलफल गरिने बताइएको छ।  

जिल्लाको पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा पौष ६ गतेदेखि ८ गते सम्म, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पौष ७ देखि ९ गते सम्म, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा पौष ९ र १० गते र सुर्नया गाउँपालिकामा पौष १० र ११ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा