कञ्चनपुरमा कोरोना विरुद्धको खोप लगाउने १ लाख ९७ हजार नाघे

news
news
January 07, 12:48

कञ्चनपुर,२३ पुस  /कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ ।

जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४००  छ । कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ ।

खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत छ । बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए । भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा