डोटीका दुई पालिकाले खोज र खोप अभियानलाई तिब्रतादिदै

doti news
doti news
February 17, 11:56

फागुन ४, डोटी / डोटीको दिपायल सिलगढी नगरपालिकार जोरायलगाउँपालिकालेपूर्ण कोभिड खोप युक्तपालिका घोषणा गर्न पालिकाभित्रकोभिड खोप लगाउन छुटेकाहरुको तथ्यांकखोजी गरी तिनीहरुलाई खोप लगाउने अभियानलाई तिब्रतादिएका छन् । 

नगरपालिकालाई समयमै पूर्ण कोभिडखोप युक्तपालिका घोषणा गर्न स्वास्थ्यकर्मि, स्वययसेबीका र जनप्रतिनीहरु, सहयोगी संघ संस्थाविभिन्न योजनाबनाई अभियानलाई अघाडी बढाईएकोे दिपायल सिलगढी नगरपालिका स्वास्थ्यशाखाप्रमुख गणेश भण्डारीले बताए । उनले भने हामीले कुन वडामा कतीजनाले खोप लगाएको छैन तथ्यांक संकलनगर्नुका साथै छुटेकाहरुलाई खोप लगाउने कार्यलाई पनिनिरन्तरतादिएको छौ,हामीलाई युनीसेफको सहयोगमाबास नेपालले सहयोग गरेर पालिकाकाभित्र रहेकाअलि बिकट ४ वटा वडाकोतथ्यांक संकलनकार्यमा सहयोग गरेको छ, ती वडाहरुको पूर्ण तथ्यांकआईसकेको रतिनीहरुलाई खोप लगाउने कार्यपनिअन्तीम चरणमा पुगेकोबताए । अरु वडाको अवस्थाको बारेमा स्वास्थ्यकर्मिहरुहरु संग नियमीत रुपमा छलफल भईरहेको समेतशाखाप्रमुख भण्डारीले बताए । 

जोरायलगाउँपालिकाले पनिकोभिड खोप लगाउन छुटेकाहरुको तथ्यांक संकलनगर्ने कार्यलाई योजनाबद्ध रुपमानिरन्तरतादिईरहेको जोरायलगाउँपालिकाका स्वास्थ्यशाखाप्रमुखगोबीन्दबहादुर बिस्टले बताए । उनले भने हामीले स्वास्थ्यकर्मिहरु मार्फत खोप लगाउनछुटेकाहरुलाई जानकारी गराई छुटेकाहरुलाई प्रत्येक वडामा साताको सोमबार खोप लगाउने कार्य नियमीत रुपमा संचालनगरिरहेका छौ अबको२,३ दिनभित्र छुटेकाहरुको तथ्यांक संकलनगर्न घरदैलो अभियान संचालनगर्ने योजनाबनाईसकेको समेत शाखाप्रमुखबिष्ठले बताए । जोरायलगाउँपालिकालाई चैत्र महिलाभित्र पूर्ण खोपयुक्तपालिका घोषणा गर्ने लक्ष्य रहेको समेत बताए । 

दिपायलसिलगढी नगरपालिकाको पूर्ण खोप युक्तपालिका घोषणा गर्ने योजनालाई सहयोग गर्न पालिका संग समन्वयगरि बास नेपालले पालिकाको वडा नम्बर १, ५,८ र ९ माखोप लगाउनछुटेकाहरुको घरदैलो कार्यक्रममार्फततथ्यांक संकलनगरेको बास नेपालकाकार्यक्रमअधिकृत गणेश मौनीले बताए । अधिकृत मौनिकाअनुसार वडा नम्बर १ मा १ सय ९७जना, वडा नम्बर ५ मा ५७जना, वडा नम्बर ८ मा१ सय ५४जना र वडा नम्बर ९ मा६८ जनाखोप लगाउन छुटेकाथिएछुटेकाहरुकोबिवरण पालिकाको स्वास्थ्यशाखालाई उपलब्ध गराई पालिकाले छुटेकाहरुलाई खोप अभियान संचालनगरी ९५ प्रतिशतभन्दा बढीले खोप पाईसको समेत बताए। आगामीदिनमाजोरायलगाउँपालिकामापनिछुटेकाहरुको तथ्यांक संकलनगर्न युवास्वयमसेवकहरु परिचालनगर्न पालिकासंग समन्वयभईरहेको बताए । 

दिपायल सिलगढी नगरपालिकास्वास्थ्यशाखाले दिएको जानकारी अनुसार मंगलबार सम्मदिपायल सिलगढी नगरपालिकामापहीलो डोज लगाउनेहरुको संख्या करीब ८६प्रतिशतभन्दा बढी र दोस्रो डोज लगाउनेको संख्या करीब ७७प्रतिशतभन्दा बढी पुगेको जानकारी दिएका छन् ।पालिकाभित्रपहिलो डोज र दोस्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाउननगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमानियमीतखोपअभियान संचालनभईरहेको समेत पालिकाले जानकारी दिएको छ । 

जोरायलगाउँपालिका स्वास्थ्यशाखाले दिएको जानकारी अनुसार मंगलबार सम्मपहीलो डोज लगाउने संख्या करीब ७० प्रतिशतभन्दा बढी र दोस्रो डोज लगाउनेको संख्या करीब ६८ प्रतिशतभन्दा बढीपुगेकोजानकारी दिएका छन् । पहीलो र दोस्रो खोप लगाउन छुकेकाहरुलाई  फागुन ९ गते देखि नियमीत रुपमाखोप अभियान संचालनभईरहको समेत  जानकारी दिएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा