सुदूरपश्चिम स्पोर्टस अवार्ड: सुदूरपश्चिमाञ्चल एकेडेमी मुख्य प्रायोजक

April 01, 1:50

धनगढी  १८ चैत्र / ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ञएसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डझ रहने भएको छ । 
देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा अग्रसर हुदैं आएको छ । बर्सेनि एसपिए महिला मेयर कप पनि आयोजना हुदैं आएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाही बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रायोजनपछि एसपिएका निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता जनाए । 

अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह प्रायोजकमा केल्मी रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा