आईपीएलमा गुजरात शीर्ष स्थानमा उक्लियो

April 15, 8:13

काठमाण्डौं,२ बैशाख /  गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो । राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे ।

बलिङतर्फ गुजरातका लागि लकी फग्र्युसन र यस दयालले समान तीन–तीन विकेट लिए । त्यस्तै मोहमद श्वामी र कप्तान हार्दीक पाड्याले समान एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४  विकेट गुमाएर १९२ रन बनाएको थियो ।​ गुजरातका लागि कप्तान हार्दिक पाड्याले ८७ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै अभिनव मोनहरले ४३ रन बनाउँदा डेभिड मिलरले ३१ रनको योगदा गरे । बलिङतर्फ राजस्थानका लागि कुलदीप शेन, युजभेन्द्र चहाल र रियन परागले समान एक–एक विकेट लिए । जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । गुजरात तालिकाको शीर्ष स्थानमा छ । पराजित राजस्थान ५ खेलबाट ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा