धनगढी सुपर लिगको डिजिटल लर्निङ्ग पार्ट्नर निमा एकेडेमी

धनगढी सुपर लिगको डिजिटल लर्निङ्ग पार्ट्नर निमा एकेडेमी
धनगढी सुपर लिगको डिजिटल लर्निङ्ग पार्ट्नर निमा एकेडेमी
April 17, 6:01

धनगढी - धनगढी सुपर लिग ( डिएसएल)को डिजिटल लर्निङ्ग पार्ट्नरको रुपमा काठमाडौंमा रहेको निमा एकेडेमी सङ्ग आज हस्ताक्षर भएको छ।
प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधान बिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नीमा एकेडेमी  २०१८ मा निमा एजुकेसन फाउन्डेसन द्वारा स्थापना गरिएको एक एड-टेक स्टार्टअप हो। यसले मुख्यत: रचनात्मक र उच्चस्तरको सिकाइ सामग्रीहरू प्रस्तुत गरेर नेपालमा विद्यमान शिक्षा प्रणालीको गुणस्तर उकास्ने लक्ष्य राखेको छ। यो एउटा प्रयोग गर्न सजिलो डिजिटल शिक्षा प्लेटफर्म हो। यस फाउन्डेसनमा नेपाली शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद् र शिक्षकहरू आवद्ध छन्।

यसबाहेक, नीमा एकेडेमीले विद्यार्थीहरुलाई गेमिफाइड सामग्री, अन्तरक्रियात्मक हाजिरीजवाफ, भिडियोहरू, एनिमेसन, लाइभ कक्षाहरू र अन्य धेरै समावेश गर्ने रोचक तरिकाहरू प्रदान गरेर उनीहरूलाई मद्दत गर्दै आएको  छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा