सुदूरपश्चिममा २ अर्ब ६४ करोड लगानीमा पहिलो केबलकार बन्ने

May 06, 4:29

धनगढी,२३ वैशाख । सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो । कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।

माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भनदै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् । आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ ।

कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ । केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ । केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ । तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ ।

२ अर्ब ६४ करोड लागत

केबलकारमा कुल १५ वटा टावर रहने छन् । आयोजनाले वातावरणीय प्रभाव अध्ययनका दौरान दुई पटक सार्वजनिक सुनुवाई समेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । आयोजनाको निर्माण अवधि ३ वर्ष तोकिएको छ । कुल १४.९१ हेक्टर जमिनमा आयोजना बन्ने भएको छ । केबलकार परियोजना संचालनमा आएपछि होटेलमा २५० र केबलकारमा ९० जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ ।

आयोजनाका अनुसार केबलकार र होटेलसमेत गरि कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ । केबलकारका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको छ । अन्य लगानी भने होटेल र थप संरचना निर्माणमा लाग्ने अनुमान छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा