डाेटीमा जीप दुर्घटना हुँदा १० जना घाईते

May 12, 8:51

डाेटी, बैशाख २९ /डाेटीकाे शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ काे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शिखर नगरपालिकाकाे लुवाखडीबाट यात्रु बाेकेर शिखर नगरपालिका- ५ तिजाली तर्फ जान लागेकाे जीप दुर्घटना भएकाे हाे । बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
जीप सडकबाट १५ मिटर तल खसेकाे छ । जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएकाे बताइएकाे छ । जीपमा करिब ३० जना यात्रु रहेका जनाइएकाे छ । यात्रु जीपकाे छतमा समेत कसेका बसेका थिए । घाइतेहरूकाे संख्या अझै एकिन हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएकाे बताइएकाे छ ।
अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि भाेट हाल्न जिल्लाबाहिरबाट आएका थिए । घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका- ५ तिजालीका रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा