कृषि मन्त्रालयद्वारा भजनीमा राजी समुदायका लागि बस्ती निर्माण, मन्त्री चौधरीले गरिन् हस्तान्तरण

कृषि मन्त्रालयद्वारा भजनीमा राजी समुदायका लागि बस्ती निर्माण, मन्त्री चौधरीले गरिन् हस्तान्तरण
कृषि मन्त्रालयद्वारा भजनीमा राजी समुदायका लागि बस्ती निर्माण, मन्त्री चौधरीले गरिन् हस्तान्तरण
July 24, 10:21

धनगढी ८ साउन – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कैलालीको भजनी नगरपालिका–९ भुरुवामा लोपोन्मुख राजी समुदायका लागि बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत भजनी नगरपालिका वडा ९ का २५ राजी परिवारलाई आइतबार एक कार्यक्रमकाबिच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले सुरक्षित आवास हस्तान्तरण गरेकी हुन् ।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमुना बस्ती कार्यक्रमअन्तर्गत उक्त राजी बस्तीमा नमुना घर निर्माण गरिएका हुन् । घर निर्माण भएर हस्तान्तरण गरिएपछि मन्त्री विनीता चौधरीले अति विपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिएको बताइन् । ‘हामीले बढी समस्या रहेका परिवारलाई प्राथमिकतामा राखेका छौ’ , मन्त्री चौधरीले भनिन्, ‘सबैले बस्ने घर पाउनुपर्छ भन्ने हो । त्यसैले राजीका लागि सुरक्षित आवासको बन्दोबस्त प्रदेश सरकारले गरिदिएको छ ।’ विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमुना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको मन्त्री चौधरीले बताइन् । ‘नमुना बस्तीसँगै स्थानीयका मागका आधारमा उद्योग सञ्चालनमा ल्याउने सरकारको योजना छ’, कृषि मन्त्री चौधरीले भनिन्, ‘स्थानीय स्तरमा रोजगारी सिर्जना गरी कामका लागि भारत तथा अन्य जिल्ला जानु नपरोस्, गाउँमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

हामी राजी बस्तीका नागरिकको माग अनुसार लगानी गर्न तयार छौँ ।’ घर निर्माण भएपछि राजी समुदायमा खुसीयाली छाएको छ । राजी अगुवा डम्बर राजीले वर्षौँदेखि खरको छानामा बस्न बाध्य भएकोमा अहिले सुरक्षित आवास पाएर खुसीयाली छाएको बताए । नेपालभरीमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लामा मात्रै बसोबास गर्ने राजी समुदायको कूल जनसंख्या ४ हजार ४ सय ३६ जना रहेका छन् । राजी समुदायको मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने हो ।उनीहरु जंगल किनार नदी किनारमा पुस्तौदेखि बस्दै आएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा