९ औँ का पदक विजेता १ सय ४४ खेलाडी र २५ प्रशिक्षकलाई खेलकुद परिषद्को सम्मान

९ औँ का पदक विजेता १ सय ४४ खेलाडी र २५ प्रशिक्षकलाई खेलकुद परिषद्को सम्मान
९ औँ का पदक विजेता १ सय ४४ खेलाडी र २५ प्रशिक्षकलाई खेलकुद परिषद्को सम्मान
December 14, 7:21

धनगढी - सुदूरपश्चिम खेलकुद परिषद्ले पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज कैलालीको धनगढी स्थित रङ्गशालामा एक समारोहकाबिच ९ औँ मा पदक विजेता १ सय ४४ जना खेलाडी र २५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको हो । 

No description available.

No description available.

 ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका व्यक्तिगत तर्फ १० खेलाडीले स्वर्ण, ९ जनाले रजत र ३३ खेलाडीले कास्य पदक जित्न सफल भएका थिए । व्यक्तिगत तर्फ स्वर्ण विजेता १५ जनालाई जनही १५ हजार, रजत विजेता ९ जनालाई जनही १२ हजार र कास्य विजेता ३३ जनालाई जनही ९ हजार नगदसहित सम्मान गरिएको हो । त्यसै गरी समूहगतमा सुदूरपश्चिमका ३ जनाले रजत र विभिन्न विधाका ८९ जनाले कास्य जितेका थिए । समूहगतमा रजत विजेता ३ जनालाई जनही ५ हजार र कास्य विजेता विभिन्न विद्याका ८९ जनालाई जनही ३ हजार ९ सय ५० नगदसहित सम्मान गरिएको हो । त्यसै गरी २५ जना प्रशिक्षकलाई जनही ३ हजार नगदसहित सम्मान गरिएको सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । 

No description available.

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र परिषद्का अध्यक्ष दीपक बहादुर सिंहलगायतले सम्मान प्रदान गर्नुभएको थियो । सम्मान प्रदान पश्चात् मुख्यमन्त्री भट्टले ९ औँ राष्ट्रिय खेलकुदमा प्रदेशको प्रतिनिधित्व गरी प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई धन्यवाद ज्ञापन गरे । साथै प्रदेशको खेलकुद क्षेत्र उत्थानका लागि सरकारका तर्फबाट आफू सक्दो सहयोगका लागि तत्पर रहेको समेत भट्टको दाबी छ । अध्यक्ष सिंहले प्रदेश खेलकुद परिषद्ले खेलाडीको तथा प्रदेशको खेल क्षेत्रको विकासका लागि आफूहरू लागिपरेको र बजेट अभावले अपेक्षा अनुरूप काम गर्न नपाएको समेत बताए । तथापि आफूहरू आएपश्चात् सुदूरपश्चिमले इतिहासमै यति धेरै पदक जित्न सफल भएको सिंहको दाबी छ । 

No description available.

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ७ सय २० जनाको सहभागिता रहेको थियो । सुदूरपश्चिमले ३२ विद्याका खेलमा सहभागिता जनाएको थियो । 

No description available.

No description available.

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा