कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

September 05, 5:33

धनगढी,१९ भदौ। कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छलीगरि ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको विभिन्न स्थान भीमदत्त नगरपालिका–१० विद्युुत कार्यालय अगाडी भन्सार छलीगरि ल्याएका अन्दाजी ३२ हजार ३ सय १५ मूल्य बराबरको चिनी, तोरीको तेल लगायतका सामान र बेलौरी नगरपालिका १ बैशाखा अन्दाजी ७३ हजार मूल्य बराबरको लेडिज सुट, साडी, चुरा, पेय पदार्थ(डिउ) लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा