कैलालीमा अवैध सामान वरामद 

September 06, 5:55

धनगढी,२० भदौ । कैलालीमा झण्डै १४ लाख बराबरको अवैध सामान वरामद गरिएको छ । प्रहरीले धनगढी र भजनीबाट गरी प्रहरीले १४ लाख ६६ हजार बरावरको अवैध सामान बरामद गरेको हो ।

उक्त सामान भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयका मोटरसाइकल गस्ती टोलील धनगढी उप–महानगरपालिका – २ मिलन चोकमा भारतबाट भन्सार छली गरी ल्याएको ११ लाख ४ हजार बराबरको मोटर पाट्सहरु र कपडा बरामद गरेको थियो ।

त्यस्तै धनगढीकै वडा नम्बर ४ ओमशान्तीटोबाट पनि प्रहरीले भन्सार छली ल्याएको ९१ हजार बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार नै ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सादा पोषाकका प्रहरीले भजनी नगरपालिका – ५ कुटीबाट २ लाख ७१ हजार बराबरको कपडा र मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरीएका सामान भन्सार कार्यालय त्रिनगर र भन्सार कार्यालय सत्तीमा बुझाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा