केआईसिंह राजमार्ग  अवरुद्ध 

September 10, 9:07

धनगढी,२४ भदौ । सुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग फेरी अवरुद्ध भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार शनिवार रातिदेखिको वर्षका कारण राजमार्ग माथिबाट पहिरो आएको छ। आइतवार बिहान वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन।

डडेलधुरा प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरु बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले बताएको छ। तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत रोकिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा