वैचारिक आन्दोलनको आवश्यकता छः कानुन मन्त्री भट्ट

September 10, 5:17

धनगढी,२४ भदाै । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी नेता रहेका बताएका छन् ।
बैतडीको पाटनमा आइतबार ११० औं बिपी जयन्तीको अवसरमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले भने, “बिपी कोइराला राष्ट्रभक्त र परिवर्तनकारी क्रान्तिकारी नेता हुनुहुन्थ्यो, राष्ट्रियताका लागि लडिरहने व्यक्तित्व हुनुहुन्थ्यो ।”
राष्ट्रियता,स्वतन्त्रता र सामाजिक न्याय मानिसका आधारभुत चाहना हुन भन्ने बिपीले युवाहरुलाई संगठित गर्न नेविसंघ र तरुण दलको स्थापना गरेको मन्त्री भट्टले बताए ।
पछिल्लो समय नेपाली कांग्रेसबारे गलत प्रचार भएको भन्दै मन्त्री भट्टले वैचारिक आन्दोलनको आवश्यकता रहेको औँल्याए । उनले भने, “कांग्रेसले गरेका राम्रा काम जनसमक्ष पुर्‍याउन जरुरी छ । यसका लागि वैचारिक आन्दोलनको आवश्यकता छ।”

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा