धनगढीबाट नक्कली महसहित सैजु प्रहरी नियन्त्रणमा

September 10, 6:07

धनगढी,२४ भदौ।  कैलालीमा  नक्कली मह बरामद गरिएको छ।आईतवार धनगढी उपमहानगरपालिका–२ फनपार्क स्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीको छोरा ३० वर्षीय जुमाइदिन अन्सारीले  चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको सामग्री बरामद गरिएको हो।

प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस चार सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाई र चिनी ५० किलो बरामद गरिएको प्रहरीले जनाएको छ।

अखाद्य सामग्री उत्पादन तथा विक्रीवितरणमा संलग्न रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, वाणिज्य कार्यालय, धनगढी उपमहानगरपालिकाबाट समेत खटिएको संयुक्त टोलीले आवश्यक बारबाहीका लागि जुमाइदिन अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियन्त्रणमा लिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा