पत्रकार लामा फरक विधामा : शारीरिक सुगठन तर्फ नेपाललाई दिलाए कास्य पदक
धनगढी ,२५ भदाै । सुदूपश्चिमका पत्रकार रञ्जित लामा समाचारमा अब्बल जस्तै उनी खेलकुद तर्फ पनि उत्तिकै अब्बल छन ।
झण्डै एक दशक बढि समयदेखि सुदूरपश्चिममा पत्रकारितामा सकृय लामाले पछिल्ला दिनमा फरक विद्यामा समेत भूमिका निर्वाह गर्दै आएका छन ।
चार बर्ष अघि कोरोना महामारीका बेला ०७६देखि लामा खेलविद्यामा समेत सकृय भएका छन ।
तिनै पत्रकार लामाले अहिले संचार क्षेत्रको विकासका साथै खेलकुद विकासका लागि भूमिका निर्वाह गरिरहेका छन ।
पत्रकार रञ्जित लामाले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्दै नेपालको शिर उच्च बनाएका छन ।
एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा पत्रकार लामाले नेपालको लागि तृतिय स्थान सहित कास्य पदक प्राप्त गरेका हुन ।
पत्रकारितासँगै शारीरिक सुगठनमा प्रशिक्षकको रुपमा परिचित पत्रकार लामा ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा सहभागी १७ ओटा राष्टूहरुका प्रतिस्पर्धीका बीच कास्य पदक बिजेता बनेका थिए ।
शारीरिक सुगठनको पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा १७ राष्टूहरु नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
उक्त प्रतियोगिता भदौ १७ देखि २० सम्म काठमाडौको होटल याक र होेटल यतिमा सञ्चालन भएको थियो । यो जितसंगै उनलाई बधाईको ओईरो छ ।