कैलालीमा ७५ हजारका भन्सार छलीका सामान वरामद

September 11, 2:24

धनगढी,२५ भदाै । कैलालीका ३ स्थानबाट ७५ हजार मूल्यका भन्सार छलीका सामान वरामद गरिएका छन् । आईतबार दिउँसो कैलालीका विभिन्न ३ स्थानबाट प्रहरी गस्ती टोलीले उक्त मूल्यका भन्सार छलीका सामान वरामद गरेको हो ।


प्रहरीका अनुसार भजनी नगरपालिका-७ हिम्मतपुरघाटबाट भन्सार छलेर ल्याएको अन्दाजी १२ हजार रुपैयाँको रेडिमेड अचार र जोशीपुर गाउँपालिका-१ लक्करमन्डी चोकबाट अन्दाजी ४० हजार रुपैयाँको लेडिज चप्पल, जुत्तालगायतका सामान वरामद गरिएको हो।


आईतबार दिउँसो गस्ती टोलीले ती सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। त्यस्तै शनिबार साँझ धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट २३ हजार रुपैयाँ मूल्य बराबरको चिनी, लेडिज सुटलगायतका सामान गस्ती प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको बताइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा