अपांगताको पालिका स्तरीय सन्जाल गठन

September 11, 4:03

धनगढी,२५ भदाै । दिगो बिकास समाज भजनी कैलालीको आयोजना, लुथरन वर्ल्ड फेडेरेसन नेपालको आर्थिक सहयोगमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सबै प्रकारका अपांगता भएका ब्यक्तिहरुलाइ समेटेर ११ सदस्यीय अपांगता  संजाल गठन गरिएको छ। 
उक्त संजाल गठन कार्यक्रममा दिगो बिकास समाजका टेक्निकल कोडिनेटर नन्दराज भट्ट र कार्यक्रम सहायक बासुदेव चौधरीको सहभागीता रहेको थियो । नयाँ गठन गरिएको संजाल सदस्यहरुलाई टेक्निकल कोडिनेटर नन्दराज भट्टले अपांगता अधिकार र राज्य बाट पाउने सेवा सुबिधा सम्बन्धमा सहजीकरण गर्नु भएको कार्यक्रममा ३० जना अपांगता भएका युवा  ब्यक्तिहरुको सहभागीता रहेको थियो । 
कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुको लागि वकालत र स्थानीय श्रोत साधनको सदुपयोग गर्न अपाङ्गता सम्बन्धि काम गर्ने सस्था नभएकोले स्थानीयले अपाङ्गता सम्बन्धि आवश्यक सल्लाह सुझाव र परामर्श समेत नपाउने र जिल्ला र प्रदेश स्तरमा समन्वय गर्न कुनै संरचना नभएको अवस्थामा अपांगता अभियानलाई उच्च तहमा पुर्याउनु र स्थानीय अपांगता भएका नागरिकहरुलाई राज्यको मुलप्रवाहमा ल्याई सेवा सुबिधामा पहुँच अभिबृदी सहित अपांगता मैत्रीपुर्ण वातावरणको निर्माण गर्दै बिभेदरहीत समतामूलक समाजको निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय संजाल गठन गरिएको जानकारी  दिगो बिकास समाजका टेक्निकल कोडिनेटर नन्दराज भट्टले दिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा