विपद् प्रभावित मुक्त कमैयालाई घर हस्तान्तरण

विपद् प्रभावित मुक्त कमैयाका लागि बनाइएको घर । तस्बिर : प्रेम चौधरी
विपद् प्रभावित मुक्त कमैयाका लागि बनाइएको घर । तस्बिर : प्रेम चौधरी
September 12, 10:39

धनगढी, २५ भदौ  । कैलालीको विपद् प्रभावित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण गरिएको छ । कैलारी गाउँपालिका–७ विपतपुरका अग्नि पीडित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण गरिएको हो । 

२०७९ वैशाख ११ गते आगलागी हुँदा मुक्त कमैयाबस्तीको २७ घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । पूर्ण रूपमा घर क्षति भई घरबारविहीन भएका मुक्त कमैयालाई मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले घर बनाएर हस्तान्तरण गरेको हो । 

प्रदेश सरकारले बनाएको २७ वटा घर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले संयुक्त रूपमा हस्तान्तरण गरे । 

एक करोड ८२ लाख १२ हजार रुपियाँ लागतमा घर निर्माण गरिएको छ । जसमा सुदूरपश्चिम प्रदेश सरकारको ९० लाख, साझेदार संस्था ह्याबिटेट फर ह्युमानिटी नेपालको ३४ लाख लगानी छ। 

यसैगरी, लाभग्राही परिवारले ३८ लाख १२ हजार रुपियाँ बराबरको श्रमदान गरेका छन् । प्रत्येक परिवारका लागि ब्लक प्रयोग गरिएको दुई कोठे घर बनाइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा