धनगढीका दुई अस्पताल बन्द गर्न जिल्ला प्रशासनको पत्र

September 13, 11:37

धनगढी,२७ भदौ । कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई निजी अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जीवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको छ ।

दुई अस्पतालको अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जीवनी अस्पताल बन्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशन सहितको पत्र पठाएको हो । जिल्ला अनुगमन समितिले गरेको अनुगमनका आधारमा ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार ती अस्पताल कम्पनी रजिस्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरिएका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएकोले बन्द गर्न निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आज (बुधबार) प्रहरीले अस्पताल बन्द गराउने छ । यद्यपि ती अस्पतालले समेत प्रशासनको निर्देशनपछि आफैँ सेवा बन्द गर्ने बताएका छन् ।

स्वास्थ्य कानुन अनुसार अस्पताल सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति लिनु पर्ने हुन्छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा