धनगढीको लिटल फ्लावर बोर्डिङ हाई स्कुलले मनायो बाल दिवश 

हिज्जे प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको तिलोचो लेक  सदनलाई  पुरुस्कार वितरण गर्दै
हिज्जे प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको तिलोचो लेक  सदनलाई पुरुस्कार वितरण गर्दै
September 15, 6:08

धनगढी,२९ भदौ । लिटल फ्लावर बोर्डिङ  हाई स्कुलले ५९ औं राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ  । 

बिधालयले बालदिवशको अवसरमा हिज्जे प्रतियोगिता र निवन्ध लेखन प्रतियोगिता गराएको थियो ।  हिज्जे प्रतियोगितामा चार वटा सदनमा बिभाजन गरेको थियो । जसमा कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । तेस्र गरी तिलोचो लेक  सदन प्रथम भएको थियो । दोेस्रोमा रारालेक सदन र सानत्वनामा बेगनासलेक सदन तेस्रो स्थानमा हाँसिल गरेको थियो । 

तेसै गरी माध्यामिक तहमा निवन्ध लेखन प्रतियोगिता  आयेजना गरेको थियो । कक्षा ६ देखि कक्षा १० सम्मका सम्पुर्ण बिद्यार्थीहरुले भाग लिएका थिए । 

जसमा कक्षा ९ मा अध्यनरत छात्र शुरेन्द्र भण्डारी प्रथम भएका थिए । कक्षा १० मा अध्यनरत छात्रा आयुस्मृर्ति साउँद दोस्रो,कक्षा ६ मा अध्यनरत छात्रा माया पाण्डे र कक्षा ७ मा अध्यनरत छात्रा पुर्णिमा जोशी दुई जना गरि तृतिय भएका थिए ।

No description available.

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिन पारेर बाल दिवस मनाउने गरिएको हो । यो पटकको बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।

नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा