पेट्रोल र डिजेल,मट्टीतेलमा प्रतिलिटर मूल्यवृद्धि 

September 16, 11:24

धनगढी,३० भदौ । नेपाल आयल निगम लिमिटेडले शुक्रबार मध्यरातिबाट लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो।

मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ। काठमाडौंको तुलनामा सुर्खेत र दाङमा प्रतिलिटर एक रुपैयाँ मूल्य सस्तो हुने गरेको छ भने तराईमा दुई रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो पर्ने गरेको छ।

आयल निगमले इन्डियन आयल कर्पोरेसन ९आइओसी० बाट नयाँ मूल्य बढेर आएकाले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी कायम हुने बिक्री मूल्यका आधारमा मूल्यवृद्धि गरिएको जनाएको छ।निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेयता प्रत्येक १५ दिनमा आइओसीबाट नयाँ मूल्य पाउनासाथ नेपाली बजारमा समायोजन गर्दै आएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा