सुदुरपश्चिममा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक

September 18, 2:57

धनगढी, १ असोज  / सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदुरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।  फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदुरपश्चिम श्री प्रतियोगिताको  ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । 
दुई विधाका प्रथम द्धितीय र तृतीय हुने खेलाडीलाई दिईने ट्रफी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे । 
खुल्ला पुरुष शारिरिक र शारिरिक सुगठन खुल्ला गरि दुई विद्यामा खेलाईने प्रतियोगिताका दुबै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिईनेछ । यस्तै दुबै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिईनेछ । साथमा जिन्सी पुरस्कारहरुबाट पनि पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 
ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सदस्य सचिव दिपकवहादुर सिंहले प्रदेशमा पहिलो पटक हुन लागेको शारिरीक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषदले प्रबद्र्धन गरेर साथ दिएको बताउँदै यसले खेलाडी उत्पादनमा पनि टेवा पुराउने बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना दिदैं सबै सुुदुरपश्चिम श्री शारिरीक सुगठन प्रतियोगितालाई सफल बनाउन आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न पनि आग्रह गरे । 
शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजनाको तयारीमा लागेको आयोजकले जनाएको छ। प्रतियोगितामा कुनै पनि उमेर समुहका खेलाडीहरुले भाग लिने सक्नेछन । प्रदेश स्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका जहाँ सुकै बसोबास गरिरहेका खेलाडीहरुले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले एक हजार दर्ता शूल्क बुझाउनु पर्नेछ । क्लबका अध्यक्ष तामाङका अनुसार प्रतियोगिताको पहिलो दिन खेलाडीहरुको तौल र उचाई मापन गरिने छ भने दोस्रो दिन खेलाडीहरुको पूर्व निर्णय तथा अन्तिम निर्णय लिईने छ। 
 

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा