धनगढीका वडा तहमा शारिरिक तन्दुरुस्ती शिविर संचालन गरिने
धनगढी, साउन ४ - धनगढी उप–महानगरपालिकाका वडा तहमा शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर संचालन गरिने भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार शनिवार देखि रीरिक तन्दुरुस्ती चेक जाँच शिविर वडामा सुरु गरिने भएको हो । नगरबासीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि शिविर संचालन गरिरहेका छौं नगरप्रमुख वडले भने, यस शिविरबाट बढी भन्दा बढीलाई सेवा लिन म आग्रह गर्दछु ।
धनगढी उप–महानगरपालिकाको सहयोग तथा सुदूरपश्चिम एकेडेमीको आयोजनामा शिविर संचालन भैरहेको हो । सुदूरपश्चिम एकेडेमीका निर्देशक सुवास शाहीले प्रत्येक वडामा दुई दिन सम्म शिविर चल्ने बताए । शनिवार वडा नं १ बाट शिविर सुरु गरिने छ । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा।खगेन्द्र बमले नगर्ने रोगका कारण ७० प्रतिशत व्यक्तिको ज्यान गइरहेको बताए । त्यसैले शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर आवश्यक भएको बताए । नियमित स्वास्थ्य परिक्षण गर्ने बानि धेरैको छैन डाक्टर बमले भने, चेकजाँच नगर्दा कतिपय ब्यक्ति रोग जटिल अबस्थामा पुगेपछि मात्रै थाहा पाउँछन् ।