बहुविवाह आरोपमा माओवादी सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यबाट निलम्बन

September 20, 2:47

बहुविवाह गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रले पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई जिम्मेवारीबाट निलम्बन गरेको छ।

बहुविवाहको आरोप स्वीकार गरेपछि चौधरीलाई पार्टीले ‘सांस्कृतिक कमजोरी’ गरेको भनी ६ महिनाका लागि निलम्बन गरेको हो। 

चौधरीलाई निलम्बन गरिएकोबारे केन्द्रीय कमिटीले मातहतको कमिटीलाई आन्तरिक सर्कुलर जारी गरेको माओवादी सुदूरपश्चिमका एक नेताले बताए। 

ती नेताका अनुसार गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेकाले निलम्बन गर्ने निर्णय अनुमोदन गरिएको उल्लेख छ।

प्रदेश कमिटीको सिफारिसमा चौधरीलाई पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य पदबाट निलम्बन गरिएको हो।

यस विषयमा चौधरीलाई उनको पुरानो मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क भएन। उनी हाल सम्पर्कविहीन रहेको बताइएको छ।

उनको गाउँ भजनी नगरपालिका–४ मा पनि उनले बहुविवाह गरेको हल्ला छ। उनी भजन नगरपालिकाका पूर्व मेयर पनि हुन्। उनी २०७४ को चुनावमा मेयरमा विजयी भएका थिए।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा