सेती अस्पतालमा पुगे मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाहले सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् । मुख्यमन्त्री शाह संगै भौतिक पुवाृधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, सामाजिक बिकास मन्त्री झपट साउँदले अस्पतालको अनुगमन गरेका हुन् । अस्पतालको इमरजेन्सी वार्ड देखी सबै वार्डहरु मुख्यमन्त्री शाह सहित मन्त्रीहरुले अनुगमन गरेका हुन् । उनिहरुले अस्पतालमा आएका सेवाग्राहीका समस्या सुन्नुका साथै चिकित्सकका समस्या र ब्यवस्थापकिय कठिनाइका बिषयमा बुझेका थिए ।
अस्पतालका अध्यक्ष निर्मल शाहले अस्पतालमा बिविध समस्या कायम रहेको बताए । उनले चिकित्सक देखी अन्य स्वास्थ्यकर्मी अभाव संगै संरचनाको अभाव समेत रहेको बताएका थिए । मुख्यमन्त्री कमल बहादूर शाहले कँितमा ३ महिनाभित्र सेती अस्पताललाई केही परिवर्तन गर्ने प्रतिबद्धता ब्यक्त गरे । कर्मचारी अभावको समस्या कम गर्न ओएन एक सर्वे पास गरी बिज्ञापन आवश्वान गर्ने शाहको भनाई थियो ।