भासु भीरमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

September 23, 11:58

धनगढी। कैलालीको भासु भीरमा शुक्रबार मोटरसाईकल दुर्घटना भएको छ। शुक्रबार बेलुकी कैलालीको चुरे गाउँपालिका ५ स्थित भासुभीरमा मोटरसाईकल दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।

प्रहरीका अनुसार शुक्रबार धनगढीबाट बुडरतर्फ जाँदै गरेको से ६ प ८७२१ मोटरसाईकल आफैं अनियन्त्रित भएर भासुमा सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका १ बस्ने १९ वर्षीय भीमबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्।

6पदमा अस्पतालमा उनीहरूको उपचार भइरहेकोमा गम्भीर अवस्थामा रहेका चालक भीमबहादुरको आज ९शनिबार० बिहान मृत्यु भएको प्रहरीले बताएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी धनगढीको निसर्ग अस्पतालमा ल्याइएका भीमको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याएर उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा