धनगढीबाट मुक्तिनाथ हिँडेका दुई जना तीर्थयात्री देवघाटमा बेपत्ता

September 28, 11:18

कैलाली  । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएको छ ।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलनचोक घर भएका १७ वर्षीय पङ्कज दाहाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

बेपत्ता दाहाल र अधिकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता पण्डितले बताउनुभयो । धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतबार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा