सुदूरपश्चिमका वन निर्देशक भट्टको घुस प्रकरणको प्रतिवेदन सार्वजनिक गरिदै

September 29, 5:08

धनगढी। सुदूरपश्चिमका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टले घुस लिएको घटना प्रकरणको प्रतिवेदन तयार भएर सार्वजनिक गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको घुस प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गरिने भएको हो।

उपसमितिले एक हप्ता अगाडी छानबिन प्रतिवेदन लेखा समितिमा बुझाएकोमा बैठक नबसेकाले प्रतिवेदन समेत सार्वजनिक नगरिएको जनाएको छ। समितिको प्रदेश सभा सदस्य तथा पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी संयोजक रहेको छानबिन समितिले प्रतिवेदन तयार पारेको हो। सार्वजनिक लेखा समितिको बैठक बस्न नसकेकाले प्रतिवेदन सार्वजनिक नभएको प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा (थापा)ले बताइन्।

उनले सार्वजनिक लेखा समितिको बैठकमा छानबिन प्रतिवेदन सार्वजनिक गरिने बताइन्। छानबिन समितिमा वीरबहादुर थापा, खेमादेवी विष्ट, बेलबहादुर राना मगर र टीका थापालाई सदस्य बनाइएको थियो। भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र अनुदान रकम दुरुपयोग गरेको भन्दै लेखा समितिमा उजुरी परेको थियो। उक्त छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको थियो। उपसमितिले भट्टलाई ९ प्रश्न सोधेको थियो।

भट्टले भिडियोमा देखाइएको व्यक्ति आफू भए पनि त्यसमा बोलेको कुरा आफ्नो नभएको दाबी गरेका थिए। गत साउन ३२ गते सुदूरपश्चिमका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले घुस खाएको भिडिओ सार्वजनिक भएको थियो। भट्टले मातहतका कार्यालयबाट घुस रकम लिएको भिडिओमा बताएका छन्। गाली गरेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले सुमेत भदौ ३ गते निमित्त निर्देशक भट्टलाई स्पष्टीकरण सोधेका थिए। भदौ ६ गतेबाट मन्त्रालयमा लाइन हाजिर लगाउने पत्रसमेत थमाएका थिए।

यसअघि निर्देशक भट्टले विभिन्न डिभिजन वन कार्यालयबाट रकम असुल गरेको अडियो सार्वजनिक भएको थियो। सो प्रकरणबाहिर आएपछि निमित्त निर्देशक भट्टले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य तथा नेता दीर्घबहादुर सोडारीलाई फोनसम्पर्कमा धम्क्याएको घटना पनि बाहिर आएको थियो। निमित्त बन निर्देशक भट्टले माथहतका कार्यालयहरुबाट मासिक रकम उठाउने गरेको खुलेको छ। पछिल्लो समय सार्वजनिक भएको एउटा भिडियोमा स्वयंम भट्टले मातहतका कार्यालयबाट रकम असुली गर्दै आएको खुलासा गरिदिएका थिए । मदिरामा लठ्ठ परेको देखिएका भट्टले भिडियोमा डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट अवैध रकम असुली गर्दै आएको कुराको खुलासा गरिदिएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा