सुदूरपश्चिम सभा सचिवालयको भवन मर्मतमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

September 30, 11:42

धनगढी। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवन मर्मतमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। सचिवालयको भवन मर्मतमा अनियमितता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी परेको हो ।

प्रदेश सभा सचिवालय रहेको धनगढीस्थित साविकको जिल्ला विकास समितिको भवन मर्मत तथा रंगरोगनमा जथाभावी खर्च गरी अनियमितता भएको आरोप छ। प्रदेश सभा सचिवालयले भवन मर्मत कार्यमा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी बसन्त शाहीले बताए।

‘प्रदेश सभा सचिवालयले प्रयोग गरिरहेको साविक जिविसको पूरानो भवन मर्मत र रंगरोगनको कार्यमा अनियमितता भएको भन्दै उजुरी परेको थियो,’ शाहीले भने, ‘उजुरीमाथि छानविन भइरहेको छ । स्थगत रुपमा प्राविधिक नापजाँच पनि गरिएको छ ।’ अख्तियारको प्राविधिक टोलीले हालै धनगढी आएर प्रदेश सभा सचिवालयले मर्मत सम्भार गरेको भवनको स्थगत रुपमा प्राविधिक नाप, जाँच गरेर फर्किएको थियो। अख्तियारले उक्त कार्यसँग सम्बन्धीत कागजपत्र भने यसअघि नै नियन्त्रणमा लिएर छानविन गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा