कक्षा १२ को परीक्षा ८१ साल वैशाख दोस्रो हप्ता हुने

October 03, 2:26

काठमाडौं । कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले शैक्षिक सत्र २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ को परीक्षा बैशाख दोस्रो हप्ता र नतिजा साउनको तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ ।

२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७६ हुने परीक्षार्थी) २०८१ वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुने उल्लेख गरेको छ ।कार्यतालिकामा विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्नुपर्ने भनिएको छ ।

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा भाद्र महिनाको तेस्रो हप्ताभित्र प्रकाशन हुने छ । पुनर्योगका लागि निवेदन दिने समय नतिजा प्रकाशन भएको मितिले १५ दिन तोकिएके छ । पुनर्योगको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पहिलो चरणको नतिजा पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि सम्बन्धित विद्यालयले बोर्डको वेबसाइट मा रहेको फाराम डाउनलोड गरी  कार्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्नुपर्ने छ  ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क सम्बन्धित विद्यालयले २०८० पौष १५ गतेसम्म बुझाउनुपर्ने र विद्यार्थीले रजिस्ट्रेसन फाराम समेत सोही मितिभित्र भरिसक्नुपर्ने (रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको बैंक भौचर  पौष १५ गते भित्रको हुनुपर्ने) ।

विलम्ब शुल्कसहित रजिस्ट्रेशन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुनेछ ।

विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइन इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने र २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्ने कार्यालयले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा