संशोधन गर्न बनेको विधेयक सभामा टेबुल

October 04, 5:27

धनगढी । सुदूरपश्चिम प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भएको छ । 

आज बसेको प्रदेश सभा बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सो विधेयक सभासमक्ष टेबुल गर्नुभएको हो । यसैगरी, प्रदेश सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्नका लागि शून्य समयसमेत निर्धारण गरिएको थियो । 

शून्य समयमा प्रदेश सभा सदस्यहरू खुसीराम डङ्गौरा थारु, गीता चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी, हीरा सार्की लगायतकाले बोल्नुभयो ।

उहाँहरूले भूकम्प प्रभावितको लागि उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ । यसैगरी, घाइतेहरूको उद्धार र उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा