बझाङ भुकम्पः प्रधानमन्त्री प्रचण्डको के–के छ कार्यक्रम ?
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुग्दैछन् । आज शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ आउन लागेको हो ।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार प्रधानमन्त्रीसहितको टोलीले सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा प्रतिनिधिमूलक रुपमा स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि जिल्ला विपत व्यवस्थापन समितिको छलपलमा आवश्यक निर्देशन दिने कार्यक्रम तय भएको प्रजिअ पाण्डेयले जानकारी दिए । साथै प्रभावितलाई राहत वितरणमा सहभागी हुने पनि बताइएको छ ।